५ भदौ बारा । पूर्व पश्चिम राजमार्ग स्थित बारा को निजगढ जङ्गलमा मोटरसाईकल एक आपसमा ठोकिँदा घटना स्थलामै तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पशचिमतर्फ जाँदै गरेको प्रदेश २- ०३ -००२ प ५३३५ नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल र पश्चिम बाट आउने बाईकको नम्बर नखुलिएको एन एस मोटरसाईकल ठोकिँएको छ । प्रहरीका अनुसार दुबै मोटरसाईल ओभरटेक गर्दा दुर्घटना भएको प्रारभिक अनुसन्धान बाट बुझिएको हो ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी थप अनुसन्धान गरिरहेको छ । घटना भएको स्थानमा अहिले एन एस मोटासाईकलमा आगो लागिएको बुझिएको छ ।

यस घटना को थप बिवरण आउन बाँकी रहेको छ ।



















