विधुत प्राधिकरणको तार चोरि गर्ने बर्दिबासको एकजना प्रकाउ ,चोरीमा संलग्न १२ जना फरार


५ भदौ, धनुषा । ढल्केबरबाट नेपाल विधुत प्राधिकरणको तामाको तार चोरि गर्ने एकजना प्रकाउ परेको छ ।

धनुषाको मिथिला नगरपालिका(६ ढल्केबर बाट शुक्रबार राती करिब १ः३० बजेको समयमा नेपाल विधुत प्राधिकरण केन्द्रिय प्रसारण निर्देशनालय ढल्केबर नजिकै १० ,१२ जना व्यक्तिहरु शंकास्पद रुपमा हिडिरहेको र प्रहरीलाई देख्ने बित्तिकै फटाफट हिडेर भाग्न खोजिरहेको बला इलाका प्रहरी कार्यालय ढल्केबरले एक जानलाई ह्याक्सो ब्लेड सहित नियन्त्रणमा लिएको छ।

प्रकाउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं (१२ घर भई हाल धनुषाको मिथिला नगरपालिका वार्ड नं( ७ बस्ने ३७ वर्षीय मनिराज परियारलाई ह्याक्सो ब्लेड सहित नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरु पटक पटक विधुत प्राधिकरण कार्यालयमा तामाको नांगो तार चोरी गरेको २ सय ८६ किलो तामाको नांगो तार हालको ३ लाख बराबरको नांगो तामाको तार चोरी गरी ढल्केवरस्थित एमके मेटल स्टोरमा विक्री गरेको खुलेकोमा पसलको खानतलासी गर्दा चोरीको सम्पूर्ण तार बरामद भएको हो ।

प्रहरीले तार बरामद भएको एमके मेटल स्टोर ढल्केवरका सञ्चालक धनुषाको मिथिला नगरपालिका वडा नं ६ बस्ने ६९ बर्षीय नन्द किशोरलाई समेत पक्राउ गरेको छ ।

 

प्रारम्भिक अनुसन्धानबाट परियारसँगै अन्य १२ जना समेत गरी तामाको तार चोरी गर्न हिडेको पाइएको १२ जना भने फरार भएका छन् । चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको