बर्दिबास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरी जिल्ला कार्यसमितिले पार्टीका उपसभापति चन्द्रकिशोर महतोमाथि भएको हातपातको प्रयास र अमर्यादित व्यवहारप्रति कडा आक्रोश व्यक्त गर्दै घोर भर्त्सना गरेको छ।
क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय प्रमोद कुमार महतोको सहभागितामा भएको कार्यक्रममा भएको उक्त अराजक गतिविधि संगठनको विधि र विधानमाथिको गम्भीर प्रहार भएको समितिले ठहर गरेको छ।
कार्यवाहक सभापति चन्द्रकिशोर महतोद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी हदैसम्मको कारबाही गर्न जोडदार माग गरिएको छ। साथै, राजनीतिक पहुँचको आडमा अराजकतालाई प्रश्रय दिने वा दोषीलाई जोगाउने कुनै पनि प्रयास भएमा रास्वपा महोत्तरी समिति दृढतापूर्वक प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ।












