धनुषामा १६१ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ


धनुषा । भारतबाट ल्याउँदै गरेको १६१ ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित धनुषामा एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४ बाट सर्लाहीको लालबन्दी नगरपालिका-५ ठेगाना भएका २८ वर्षीय अरविन्द साह (कानु) लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहले भारतको पिप्रौन क्षेत्रबाट खैरो हेरोइन खरिद गरी धनुषाको जटही नाका हुँदै काठमाडौंका विभिन्न स्थानमा बिक्री-वितरण गर्ने उद्देश्यले ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

उनको साथबाट १६१ ग्राम ९७० मिलिग्राम खैरो हेरोइन, प्रदेश नं. २-०२-००१ प ७५८९ नम्बरको मोटरसाइकल र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको