धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजारसहित भारतीय नागरिक पक्राउ


जनकपुरधाम । धनुषामा स्रोत खुल्न नसकेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित खौनाका ३५ वर्षीय राधाकान्त बयार रहेका छन्। उनलाई धनौजी गाउँपालिका–२ स्थित गोरदाहा–देउरी भित्री सडकखण्डबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुधबार प्रहरी चौकी धनौजी ९ख० बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा बयारले कपडाको पेटीभित्र १३ लाख ६५ हजार रुपैयाँ राखी कम्मरमा बाँधेको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता खनालले बताए।

प्रहरीका अनुसार बयारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान अघि बढाइएको छ। बरामद रकमको स्रोत, ओसारपसारको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।gorkhapatraonline


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको