प्रधानमन्त्री शाह आज पनि संसद् बैठकमा अनुपस्थित, अर्थमन्त्री वाग्लेले दिनेछन् जवाफ


४ असार,काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह आज बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन्।

आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयक (बजेट) माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री अनुपस्थित रहने भएपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने तयारी गरिएको बताइएको छ।

कार्यविधिअनुसार प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्रीलाई जिम्मेवारी दिएका हुन्। अर्थमन्त्रीले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका अतिरिक्त अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको समेत जवाफ दिने कार्यसूची रहेको छ।

यसअघि पनि प्रधानमन्त्री शाहले संसद्मा उठेका विभिन्न प्रश्नहरूको जवाफ अर्थमन्त्रीमार्फत दिलाउने गरेका थिए।

जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण उनी त्यसयता संसद् बैठकमा उपस्थित भएका छैनन्। विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको

सम्बन्धित खवर