काठमाडौं । गृह मन्त्रालयले निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन-प्याब्सनले मन्त्रालयबाट जारी गरिएका निर्देशन पालना नगरेको तथा संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा निलम्बन गरिएको हो।
निलम्बनसम्बन्धी सूचना जारी भएसँगै एन-प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने गृह मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले त्यस्ता गतिविधि गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।












