प्रलेस महोत्तरीले मनायो १९ औँ गणतन्त्र दिवस


बर्दिबास। प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी शाखाले आयोजना गरेको ‘सङ्घीय गणतन्त्रको सुदृढीकरणमा प्रलेसकर्मीको भूमिका ‘ विषयक परिचर्चा तथा रचना वाचन कार्यक्रम प्रलेस महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल ‘विपुल विद्रोही ‘ को अध्यक्षता तथा राष्ट्रिय सभाको पूर्व उपाध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी संस्थापक अध्यक्ष शशिकला दहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रलेस महोत्तरीका सचिव नारद प्रसाद काफ्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी,शिक्षा एवम् साहित्य प्रेमी तथा श्री जनता मा वि गौरीडाँडा बर्दिबासका वि व्य स अध्यक्ष तुलसी प्रसाद ढुंगाना थिए। उक्त कार्यक्रममा उन्नत गणतन्त्र निर्माणप्रति प्रगतिशील साहित्यकर्मीको भूमिका विषयमा शुभकामना व्यक्त गर्ने अतिथिहरुमा प्रलेस नेपाल अन्तर्राष्ट्रिय विभाग समिति सदस्य प्रेम घिमिरे, प्रलेस नेपाल मधेश प्रदेश समिति अध्यक्ष नारायण घिमिरे, प्रलेस महोत्तरीका संस्थापक जीवनस्पर्शी, प्रलेस महोत्तरीका संस्थापक तथा श्री जनता मा वि गौरीडाँडा बर्दिबासका पूर्व प्र अ एवम् समुदाय परिचालक नेत्र बहादुर रम्तेल , प्रलेस महोत्तरीका संस्थापक तथा बर्दिबास साहित्यिक -सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग संयोजक लिलानाथ गौतम, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव सुदर्शन भट्टराई, नव साहित्य सर्जक साहित्य चौतारी मधेश प्रदेश उपाध्यक्ष प्रतिमा पौडेल, प्रलेस बर्दिबास नगर समिति सदस्य प्रविण पौडेल र जनता मा वि गौरीडाँडामा क्रियाशील बाल क्लब अध्यक्ष तथा जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबासकी सचिव प्रतिष्ठा पौडेल थिए।

उक्त कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल एवम् मुक्तक वाचन गरिएका थिए । वाचन गर्नेहरूमा प्रतिमा पौडेल, प्रविण पौडेल, अनुज ढुङ्गेल, नेत्र रम्तेल, शशिकला दाहाल, विश्वास अभियान, अग्नि कवच, नारायण घिमिरे, विपुल विद्रोही, समीक्षा भण्डारी, विदुषी अर्याल, सुकदेव काफ्ले, सुमन खड्का , प्रणव गौतम र संजिता फुयाँल थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान समयमा आइपुग्दा गणतन्त्रको संस्थागत विकासमा नेतृत्व तहबाट कमिकमजोरी भएको विचार प्रस्तुत गरेका छन्। आगामी दिनमा गल्ती, कमजोरी हटाई सुदृढीकरणमा लाग्न अभिप्रेरित गर्ने खालका सिर्जना सिर्जित गर्नु प्रलेसकर्मीको अहम् भूमिका रहेको छ । यो गणतन्त्रलाई संस्थागत गरी युगसम्म पुर्याउन हिम्मत र साहस दिने साहित्य सिर्जनामा सक्रिय हुनुपर्ने विचार प्रस्तुत गरिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शशिकला दाहालले प्रलेस महोत्तरीको स्थापनादेखि आजसम्म आइपुग्दा यसले नागरिकहरुमा चेतना फैलाउँदै अघि बढिरहेको सन्दर्भमा हामी सबै धन्यवादका पात्र छौँ भन्ने विचार व्यक्त गरेकी थिइन्। सो कार्यक्रममा बोल्दै आफू सामान्य परिवारमा हुर्केको मान्छे गणतन्त्रको उपयोग गरेर उच्च तहमा पुगेको स्मरण गराउँदै सबैमा गणतन्त्र व्यवस्थाप्रति सशक्त रुपमा लागि पर्ने सिर्जना रच्नु आजको वास्तविक आवश्यकता हो भन्ने भनाइ राखेकी थिइन्।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले १९ औँ गणतन्त्र दिवसको अवसरमा प्रलेस महोत्तरीद्वारा आयोजित सङ्घीय गणतन्त्रको सुदृढीकरणमा प्रलेसकर्मीको भूमिका विषयक परिचर्चा तथा रचना वाचन कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। प्रलेस महोत्तरीको स्थापनादेखि हालसम्म साथसहयोग गर्नुहुने सबैमा गणतन्त्रको शुभकामना व्यक्त गरेका थिए। आजको परिवेशमा प्रलेसकर्मीले वास्तविक यथार्थ चित्रण गर्दै अगाडि बढ्न हौसला प्राप्त हुने सिर्जना गर्नेु आवश्यक रहेको बताए। यो कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराउने जनता मा वि गौरीडाँडा परिवारप्रति विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको