ज्यान मार्ने धम्की दिँदै फिरौती असुल्ने दुई जना गौशालाबाट पक्राउ


काठमाडौं। काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा ज्यान मार्ने धम्की दिँदै फिरौती असुल्ने आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका-७ निवासी ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका-८ निवासी ४३ वर्षीय रवीन कोइराला रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले जेठ ४ गते साँझ करिब साढे ६ बजे पिंगलास्थानमा डिजिटल स्टुडियो सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गर्दै रकम असुलेका थिए।

आरोपीहरूले स्टुडियोमा रहेको दुई लाख रुपैयाँ नगद लिएर न्यौपानेलाई बागमती करिडोरस्थित निलोपुल क्षेत्रमा लगेको र थप ५० हजार रुपैयाँ फिरौती माग गरेको प्रहरीले जनाएको छ। रकम नदिए ज्यान मार्ने धम्कीसमेत दिएको आरोप उनीहरूमाथि लागेको छ।

प्रहरीका अनुसार फिरौतीबापत ५० हजार रुपैयाँ लिएपछि दुवै जना फरार भएका थिए।

प्रहरीले योगेन्द्र पौडेलको साथबाट “वैदेशिक रोजगार सुरक्षा अध्यक्ष”, “सुरक्षा जागरुक युवा समाज अध्यक्ष”, “औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष” लेखिएका विभिन्न परिचयपत्र, “शहरी विकास मन्त्रालय सिंहदरबार” उल्लेख भएको भेटघाट कार्ड, तीन लाख रुपैयाँको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको निवेदन, नगद ११ हजार रुपैयाँ तथा मोबाइल बरामद गरेको जनाएको छ।

त्यस्तै, रवीन कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारीको लोन अफिसर कार्ड, दुई लाख रुपैयाँको चेक, पासबुकको फोटोकपी, ब्लुबुक तथा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको