ढल्केबरमा लागूऔषधसहित तीन जना पक्राउ, ९२ ट्याब्लेट टेन्टाडोल बरामद


धनुषा। इलाका प्रहरी कार्यालय ढल्केबरले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ ३ गते दिउँसो करिब ३ बजे जिल्ला धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित सुनौलो बस्तीमा विजय लिम्बुले डेरा गरी लागूऔषध बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण के.सी.को कमाण्डमा, प्रहरी चौकी लालगढका प्रहरी नायब निरीक्षक फडेन्द्र अधिकारी तथा लागूऔषध ब्युरो बर्दिवास महोत्तरीका प्रहरी नायब निरीक्षक सरोज अधिकारीसहितको संयुक्त टोलीले खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका-७ घर भई हाल मिथिला नगरपालिका-१० लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बुको साथबाट Tentadol 100 mg का ४६ ट्याब्लेट, स्पासरेस्ट ३४ ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको छ।

त्यसैगरी, सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बुको साथबाट Tentadol 100 mg का १४ ट्याब्लेट, स्पासरेस्ट १६ ट्याब्लेट तथा एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका-१ निवासी २८ वर्षीय सुमन बुढाथोकीको साथबाट Tentadol 100 mg का ६ ट्याब्लेट र स्पासरेस्ट ६ ट्याब्लेट बरामद गरिएको छ।

प्रहरीले विजय लिम्बुको डेरा कोठाभित्र ओछ्यानमुनि लुकाइछिपाई राखिएको अवस्थामा थप Tentadol 100 mg का २६ ट्याब्लेट, स्पासरेस्ट २७ ट्याब्लेट तथा एक थान मोबाइल समेत फेला पारेको जनाएको छ।

बरामद लागूऔषधमध्ये कुल Tentadol 100 mg का ९२ ट्याब्लेट र स्पासरेस्ट ८३ ट्याब्लेट रहेको प्रहरीले जनाएको छ। साथै विभिन्न दरका नेपाली नगद १५ हजार ५२० रुपैयाँ र लागूऔषध सेवनपछि प्रयोग गरिएका खोलहरू समेत बरामद गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको