बर्दिबास, चैत्र २२ गते।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ बेङ्गखाडीमा गएराति भएको त्रिपक्षीय सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार एकडारा क्षेत्रबाट काम गरी फर्किँदै गरेका तीन जना सवार मोटरसाइकल, बर्दिबासबाट औरहीतर्फ जाँदै गरेको ट्रयाक्टर र सोही दिशाबाट आइरहेको पल्सर मोटरसाइकलबीच ठक्कर हुँदा दुर्घटना भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको पलाटीना मोटासाईल तिब्र गतिकै कारणले अनियन्त्रित भई बर्दिवास काट आईरहेको पल्सर मोटरसाइकलले र ट्रयाक्टरको पाङ्ग्रााले ठक्कर दिएको देखिएको छ । दुर्घटनाको प्रकृति हेर्दा ट्रयाक्टरको अगाडिको धुरा भाँचिँदा दुवै पाङ्ग्रा उछिट्टिएर विपरीत दिशातर्फ पुगेका हो तर के कसरी दुर्घटना भएको बारे खुल्न बाकी रहेको छ ।।
प्राविधिक समस्याका कारण ट्रयाक्टर सडकमा रोकिएको अवस्थामा सोही दिशाबाट आएको मोटरसाइकलका चालकले जोगाउन खोज्दा दक्षिणतर्फबाट बर्दिबासतर्फ आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएको अनुमान गरिएको छ।
दुर्घटनामा पल्सर मोटरसाइकलमा एक जना सवार रहेको र चालकको मृत्यु भएको देखिन्छ भनिे अकेि तर्फ वाट आईरहेको तिन जना सवार मोटसाईलमा सवार तिनै जनालाई घाइते सबैलाई उपचारका लागि बर्दिबासस्थित अस्पतालमा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय बर्दिबासले गरिरहेको छ। रातिको समयमा भएको दुर्घटना भएकाले विस्तृत विवरण र सवारी साधनहरूको नम्बर अझै खुल्न बाँकी रहेको छ।










