बर्दिबासमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ३५० बढी लाभान्वित


बर्दिबास, महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। मानवसेवा र स्वास्थ्य सचेतनालाई लक्षित गरी चैत २१ गते सञ्चालन गरिएको शिविरबाट ३५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।

शिविर वडा नम्बर ६ र ७ का लागि राष्ट्रिय माध्यमिक विद्यालय, प्रेमनगर तथा वडा नम्बर ८, १२ र १३ का लागि विजलपुरा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो।

शिविरका क्रममा ५८ जनामा मोतीविन्दु पहिचान गरिएको छ। ती सबै बिरामीलाई हेटौंडा सामुदायिक आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीको विशेष उपस्थिति रहेको थियो। उनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

शिविर रोटरी क्लब अफ हेटौंडा को आयोजनामा सम्पन्न भएको हो। रोटरी क्लब अफ बर्दिबास, रोट्र्याक्ट क्लब अफ हेटौंडा तथा रोट्र्याक्ट क्लब अफ बर्दिबासले सह–आयोजनाको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बर्दिबास नगरपालिकाको सहकार्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो। साथै Rotary Clubs of Tasmania र डेभिड याक्सलेको सहयोगले शिविरलाई थप प्रभावकारी बनाएको जनाइएको छ।

यस शिविरले “Gift of Sight” अभियानलाई सार्थक बनाउँदै समुदायमा सेवा र सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको