रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान भन्सार चलान


रौतहट। रौतहट प्रहरीले अवैध रूपमा भित्र्याइएका १५ वटा मोटरसाइकल र भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिई भन्सार चलान गरेको छ।

गौर-४ बसपार्कस्थित अस्थायी प्रहरी पोष्टमा सवारी साधन चेकजाँचका क्रममा खाद्यान्नलगायतका सरसामान भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७ हजार २३० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको टोलीले कागजपत्र नभएका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

प्रहरी प्रवक्ता विष्णुप्रदीप बस्याल का अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको अनुमानित मूल्य ११ लाख ७० हजार रुपैयाँ रहेको छ। सामानसहित कुल मूल्य ११ लाख ७७ हजार २३० रुपैयाँ पुगेको उनले बताए।

बरामद मोटरसाइकल तथा सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको