सिरहा। सिरहा जिल्लाको सदरमुकाममा बम विस्फोट भएको छ। सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल’ फर्ममा विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ।
प्रारम्भिक अनुमान अनुसार विस्फोट सुतली बमबाट भएको हुन सक्ने बताइएको छ। घटनास्थलमा सुरक्षा निकायको टोली पुगेर थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिए।









