बर्दिबास-७ प्रेमनगरमा विवादपछि मतदान स्थगित, ३ घण्टापछि पुनः सुचारु


महोत्तरी। बर्दिबास नगरपालिका-७ प्रेमनगरस्थित राष्ट्रिय मा वि मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान केहीबेर स्थगित भएको थियो।

वडा नं. ७ का स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाध्यक्ष रामसोगारथ यादव र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँग झडप हुँदा यादवको नाकमा चोट लागेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार केही व्यक्तिले दोहोर्‍याएर मतदान गर्ने प्रयास गरेपछि विवाद चर्किएको थियो। प्रत्यक्षदर्शी राजवीर महतोले एक व्यक्तिले चार पटकसम्म मतदान गर्न खोजेको दाबी गरेका छन्। वडा अध्यक्ष भोरिल यादवसहित कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच विवाद भएको बताइएको छ।

घटनापछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीको थप २५ जनाको स्ट्राइकिङ टोली परिचालन गरिएको थियो।

राष्ट्रिय मावि प्रेमनगर मतदान केन्द्रमा झण्डै तीन घण्टा रोकिएको मतदान सुरक्षा व्यवस्थापनपछि पुनः सुचारु भएको प्रशासनले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको