सिरहामा होली घरमै शान्तिपूर्वक मनाउन प्रशासनको आग्रह


सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै मुखमा होली पर्व परेकाले मौन अवधिको मर्यादा कायम राख्दै पर्व मनाउन आग्रह गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार निर्वाचनको मौन अवधिमा होहल्ला, भीडभाड तथा अनावश्यक सवारी साधन सञ्चालन नगरी घरपरिवारमै सीमित रही होली मनाउनुपर्नेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिकको साथ आवश्यक रहेको उनले बताए।

प्रशासनले विशेषगरी मादक पदार्थ सेवन (मापासे) तथा लागुऔषध सेवन (लापासे) गरी सवारी चलाएमा कडा कारबाही गरिने चेतावनी दिएको छ। त्यस्ता सवारी साधन नियन्त्रणमा लिई निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म फिर्ता नदिइने जनाएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार १ हजार ४ सय नेपाल प्रहरी, ८ सय सशस्त्र प्रहरी बल, ८ सय नेपाली सेना र ३ हजार ७५७ निर्वाचन प्रहरी गरी कुल ६ हजार ७५७ सुरक्षाकर्मी खटाइएको छ। प्रत्येक चौक–चौकमा सुरक्षाकर्मी परिचालन गरिनुका साथै मोबाइल टोलीसमेत सञ्चालन गरिने प्रशासनले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको