महोत्तरी। रु. ६,६७,७४० बराबरका भन्सार चोरी पैठारीका सामानसहित चार वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
राति करिब ९ बजे महोत्तरीको जलेश्वर नगरपालिका-१२ क्षेत्रमा भन्सार छलि गरी सामान भित्र्याइँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लत्ताकपडा तथा खाद्यान्नसम्बन्धी सामग्री बरामद गरेको हो।
बरामद सामग्रीको अनुमानित मूल्य रु. ६,६७,७४० (छ लाख सरसठ्ठी हजार सात सय चालिस रुपैयाँ) रहेको प्रहरीले जनाएको छ। सामानसहित निम्न सवारी साधनहरू नियन्त्रणमा लिइएको छः
- ज १ ह २५६१ नम्बरको अटो – १ थान
- BR 09 V 7457 नम्बरको TVS कम्पनीको मोटरसाइकल – १ थान
- BR 30 AY 7722 नम्बरको TVS कम्पनीको मोटरसाइकल – १ थान
- BR 30 M 0265 नम्बरको मोटरसाइकल – १ थान
नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनहरू आवश्यक कारबाहीका लागि १४ गते जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।









