सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय


११ पुस, काठमाडौं। सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले गृहमन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत भएको जानकारी दिनुभयो।

बैठकले वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल फर्किँदा रेसिडेन्स कार्डको सक्कल तथा फोटोकपीसहित आवेदन पेस गरेमा श्रमस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेसनल ट्रेनिङ को-अपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय पनि भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

यसैगरी, सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायमका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको