७ पुस, जनकपुरधाम। मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले सोमबार पदभार ग्रहण गरेका छन्।
प्रदेश सभा कार्यालयमा पुगेर यादवले औपचारिक रूपमा सभामुखको जिम्मेवारी सम्हालेका हुन्।
सातदलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार यादव आइतबार प्रदेश सभामा सम्पन्न निर्वाचनमार्फत सभामुखमा निर्वाचित भएका थिए।
यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले पेश गरेका थिए।









