मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो


६ पुस, जनकपुरधाम। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा स्थानान्तरण गरिएको छ।

जेनजी आन्दोलनका क्रममा गत २३ भदौमा मुख्यमन्त्री कार्यालयमा आगजनी भएपछि उक्त कार्यालय मधेश भवनभित्रको कबर्ड हलमा सारिएको थियो। तर आवश्यक भौतिक पूर्वाधार र फर्निचरको अभावका कारण कार्यालय सञ्चालन असहज बन्दै आएको थियो। सोही कारण मुख्यमन्त्रीको कार्यकक्षसमेत व्यवस्थित रूपमा सञ्चालन हुन सकेको थिएन।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्णयअनुसार हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिएको हो। यससँगै गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई भने यसअघि मुख्यमन्त्री कार्यालय रहेको कबर्ड हलमा स्थानान्तरण गरिएको छ।

कार्यालय स्थानान्तरणसँगै प्रशासनिक कामकाजलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको