वीरगञ्जमा ७६ हजार बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ


वीरगञ्ज। पर्सा प्रहरीले ठूलो परिमाणको लागु औषध ट्रामाडोल क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मंसिर २३ गते साँझ करिब ६ बजे वीरगञ्ज-१५ प्रतिमाचोकस्थित टिकट काउन्टरअगाडि रोकिएको बाग्मती प्रदेश-०८-००१ ज ०११७ नम्बरको ई-भी गाडी जाँच गर्ने क्रममा उक्त लागु औषध बरामद गरेको हो।

गाडीभित्र रातो तथा गुलाबी रंगको सुटकेसमा लुकाइ छिपाइ राखिएको ६० हजार ५३० पिस Tramadol Hydrochloride Capsules IP फेला परेपछि सुटकेस बोकिरहेका दुई जनालाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानपछि वीरगञ्ज-२४ रामगढवास्थित डेराकोठाबाट एक कार्टुनमा राखिएको थप १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएसँगै पक्राउ परेका व्यक्तिको संख्या चार पुगेको हो।

कुल ७६ हजार १७० पिस ट्रामाडोल क्याप्सुलसहित पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन्:

  1.  वीरगञ्ज-२४, रामगढवा निवासी २० वर्षीय यूवराज पटेल
  2.  वीरगञ्ज-२४, रामगढवा निवासी २१ वर्षीय अफजल देवान
  3.  धादिङ, बेनिघाट रोराङ-६ निवासी १९ वर्षीय रामहरि मगर
  4.  धादिङ, सिदलेख-७ निवासी १९ वर्षीय राजकुमार मगराती

लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको