बर्दिवास-३ पवनेश्वर खानेपानी समितिको नयाँ नेतृत्वमा गुणबहादुर कार्की विजयी


महोत्तरी। बर्दिवास-३ माथिल्लो पाटुस्थित पवनेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ। समितिको बिहीबार सम्पन्न निर्वाचनमा गुणबहादुर कार्की (गोपाल) अध्यक्ष पदमा विजयी भएको समितिले जनाएको छ।

कार्कीले ९३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी बाले सार्कीले ४७ मत प्राप्त गरे। कुल १६५ उपभोक्तामध्ये १५३ जनाले मतदान गरेका थिए। समितिका अनुसार १३ मत बदर भएका छन्।

स्थानीय उपभोक्ताको सक्रिय सहभागितामध्ये सम्पन्न यो निर्वाचनले आगामी दिनमा खानेपानी तथा सरसफाई सेवाको गुणस्तर सुधारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। समितिका अन्य पदाधिकारी तथा सदस्यहरू यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको