धनकुटा। शैक्षिक भ्रमणबाट फर्कंदै गरेको एक स्कुल बस धनकुटा बजारमा दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन्। सुनसरीको रामधुनी-५ मा सञ्चालित पिंक लोटस इंगलिस स्कुलका विद्यार्थी बोकेको को १ ख ५३१३ नम्बरको बस धनकुटा बजारस्थित रमाइलो घुम्तीमा दुर्घटनाग्रस्त भएको हो।
बसमा विद्यार्थीसहित ३६ जना सवार थिए। दुर्घटनापछि घाइते विद्यार्थीहरूको उपचारका लागि धनकुटा अस्पताल पठाइदै गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिए।
बस तीनजुरेबाट सुनसरीतर्फ फर्कने क्रममा दुर्घटना भएको बताइएको छ। घटनाबारे थप विवरण आइसकेको छैन।









