ढल्केबर-जनकपुर सडकमा छुट्टाछुट्टै दुर्घटना: दम्पत्तीसहित दुईको मृत्यु, चार घाइते


जनकपुर। मधेश प्रदेशको राजधानी जनकपुरधाम-ढल्केबर ६-लेन सडकखण्डअन्तर्गत नक्टाझिझ र महेन्द्रनगरमा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक दम्पत्तीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मिथिला नगरपालिकास्थित लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया धर्मपत्नी सुमित्रा देवी साइकलमा सवार रहेका बेला बागमती प्रदेश-०३१ च २०३६ नम्बरको तीव्रगति कारले जेब्रा क्रसिङ नजिक ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि सुमित्राको घटनास्थलमै मृत्यु भएको र राजकुमारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले पुष्टि गरेको छ।

दुर्घटनामा संलग्न कार तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन्। दुवै जनाको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ।

उता, सोही सडकखण्डअन्तर्गत महेन्द्रनगरमा अर्को कार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरुको जनकपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको