कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त प्रहरीले पक्राउ


महोत्तरी। महोत्तरी गाउँपालिका-३, मडैका ७० वर्षीय जोगेन्द्र ठाकुर र उनका २६ वर्षीय छोरा अजय कुमार ठाकुरबीच २०८२।०५।२४ गते दिउँसो ३:०० बजे घरायसी विवादका क्रममा झगडा भएको थियो। विवादको सिलसिलामा अजय कुमार ठाकुरले घरायसी हतियार प्रयोग गरी बुबा जोगेन्द्र ठाकुरमाथि प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा सोही दिन ३:४० बजेको समयमा जोगेन्द्र ठाकुरको मृत्यु भएको थियो।

घटनापछिकै फरार रहेका अभियुक्त अजय कुमार ठाकुरलाई खोजतलासका लागि खटिएको प्रहरी टोलीले २०८२।०८।०५ गते राति ९:३० बजे महोत्तरीको जलेश्वर नगरपालिका-१२, थरुवाही टोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ।

उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको