महोत्तरीमा छुरा प्रहारबाट ६० वर्षीय वृद्धको हत्या


जनकपुरधाम। महोत्तरीमा छुरा प्रहारबाट एक वृद्धको हत्या भएको छ। जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन रायको सोमबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

डीएसपी भट्टका अनुसार जलेश्वर नगरपालिका-९ स्थित आगेपुल नजिक एक युवकले रायमाथि छुरा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल जलेश्वर ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा धनुषाको नगराइन नगरपालिका-९ फूलगामा बस्ने पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ। मदिरा तथा लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवादपछि रायमाथि घाँटीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको