पर्सामा ८ किलो गाँजासहित एक जना पक्राउ


पर्सा। जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–३२, चोर्नीका ७१ वर्षीय खेदु महतो धानुकलाई प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरेको छ।

मिति २०८२ साल कात्तिक २३ गते दिउँसो करिब २ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले धानुकको घरमा रहेको किराना पसलमा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार धानुकले आफ्नै पसलमा गाँजा बिक्री–वितरणको कारोबार गर्दै आएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले कानूनी प्रक्रिया पूरा गरी तलासी गर्दा पसलको पछाडिपट्टि रहेको कोठामा निलो रंगको प्लास्टिक ड्रमभित्र लुकाइराखिएको करिब ८ किलो गाँजा फेला परेको थियो।

गाँजा बरामद गरी धानुकलाई नियन्त्रणमा लिइएको र उनको विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको