मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ


काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमा आजका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

प्रदेशका ७४ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनीहरूले संविधानको धारा १६८(३) बमोजिम गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै नियुक्तिको निर्णय स्थगन गर्न र पुनः संवैधानिक प्रक्रियाअनुसार सरकार गठनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिइसकेको छ । अदालतले उक्त आदेश हिजो नै जारी गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको