सप्तरीमा ब्राउन सुगरसहित २ जना पक्राउ


सप्तरी। लागुऔषध ब्राउन सुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२।०७।२१ गते दिउँसो करिब ३:४५ बजे सुरुङ्गा नगरपालिका-४ कनकपुर चौकस्थित प्रहरीले गस्तीका क्रममा शंका लागी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये सुरुङ्गा-४ कनकपुर टोलका २५ वर्षीय अमिर कान्त चौधरी र २४ वर्षीय दीपक कुमार चौधरी रहेका छन्। प्रहरी टोलीले शरीर चेकजाँच गर्दा दीपकले बोकेको कालो प्लास्टिकको झोलामा ०.२८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र थप ०.७० मिलिग्राम तौलको तीन पुरिया बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधसहित दुवैलाई पक्राउ गरी लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरिएको छ। उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय कडरवोना, सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको