भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै Gen Z Nepal द्वारा औरही नगरपालिकालाई ज्ञापनपत्र


महोत्तरी। औरही – Gen Z Nepal, औरही नगर समितिले भ्रष्टाचार अन्त्य तथा सुशासनको सुनिश्चितताका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। पेश गरिएको ज्ञापनपत्रमा नगरपालिका प्रशासनमा देखिएको गैरजिम्मेवारी, अपारदर्शिता, जवाफदेहिनता र स्रोत-साधनको दुरुपयोग तत्काल रोक्न माग गरिएको छ।

२०८२ भदौ २३ र २४ गतेदेखि भ्रष्टाचार, कुशासन, असमानता, अन्याय र स्रोतको दोहनविरुद्ध सुरु गरिएको आन्दोलन अनुसार सम्मानजनक परिवर्तनको अपेक्षा गरेको छ। “७५ जना नेपालीले आन्दोलनकै क्रममा सहादत दिएका छन्, उनीहरूको बलिदानको सम्मान स्वरूप माग तत्काल कार्यान्वयन हुनुपर्छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

मुख्य मागहरू :

  1.  भ्रष्टाचार मुक्त र पारदर्शी सुशासन कायम गर्नुपर्ने।
  2.  आ.व. २०७९/०८० देखि हालसम्मका योजना, कार्यक्रम तथा विगत वर्षहरूको शीर्षक अनुसार खर्च विवरण वेबसाइट र सूचना पाटीमा सार्वजनिक गर्नुपर्ने।
  3.  खरिद, निर्माण तथा परामर्शमा देखिएको बेरुजु रकम सम्बन्धित ठेकेदार/उपभोक्ता समितिबाट असुल गरी सरकारी खातामा जम्मा गरी जानकारी सार्वजनिक गर्नुपर्ने।
  4.  सरकारी सवारी साधनको दुरुपयोग रोक्ने तथा निजी गाडी भाडामा लिएर अनधिकृत मोज-मस्ती गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने।
  5.  दर्ता, चलानी, सूचना, टेन्डर, कोटेशन, बैठक तथा कार्यसम्पादनका प्रतिवेदनहरू दैनिक रूपमा सार्वजनिक गर्नुपर्ने।
  6.  विद्यालय पठनपाठन र स्वास्थ्य सेवामा त्वरित सुधार गर्नुपर्ने।
  7.  नगरका मुख्य चौक तथा बजार क्षेत्र दिनहुँ दुर्गन्धित भईरहेकोले सफाइ अभियान तत्कल्प सञ्चालन गर्नुपर्ने।
  8.  मिति २०८२/०७/१६ मा जारी सूचना अनुसार अस्थायी, करार र जेलेदार कर्मचारी सम्झौता रद्द गरिएको विवरण स्पष्ट रुपमा सार्वजनिक गर्नुपर्ने।
  9.  नागरिकलाई सेवा छिटो, छरितो र झन्झटबिहीन तरिकाले उपलब्ध गराउन नागरिक वडापत्र अनिवार्य रूपमा जारी गर्नुपर्ने।

Gen Z Nepal ले मागहरूको नियमपूर्वक सुनुवाइ तथा यथाशीघ्र कार्यान्वयन गर्न नगरपालिकालाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको