महोत्तरी। आज मिति २०८२/०५/२९ गते महोत्तरीको औरही नगरपालिका-८ स्थित राम जानकी कुट्टीमा नगरस्तरका सर्वसाधारण, युवा, विद्यार्थी, महिला, समाजसेवी तथा कर्मचारीको उपस्थितिमा Zen-Z नगर समिति गठन सम्बन्धी बैठक सम्पन्न भएको छ। बैठकमा जिल्ला संयोजक भास्कर कुमार झा लगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बैठकका क्रममा छलफल तथा सहमति पश्चात ११ सदस्यीय Zen-Z नगर समिति निम्नानुसार गठन गरिएको छः
Zen-Z नगर समिति (महोत्तरी औरही):
- सञ्जित यादव – नगर अध्यक्ष
- महेश पण्डित – उपाध्यक्ष
- मनोज चौधरी – सदस्य
- धीरज मण्डल – महासचिव
- अनिल यादव – उप–सचिव
- बिनोद यादव – सदस्य
- राम आश्रय यादव – सदस्य
- हरिप्रसाद यादव – सदस्य
- मनोज यादव – सदस्य
- मनोज मण्डल – सदस्य
- नगेन्द्र दास – कोषाध्यक्ष
यसै अवसरमा समितिको सम्पर्क विवरण तथा गठनसम्बन्धी जानकारी आवश्यक कारबाहीका लागि Zen-Z जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिसम्म पठाउने निर्णय गरिएको छ। विविध बिषयमा कुनै अन्य प्रस्ताव नउठेपछि बैठक सम्पन्न भएको घोषणा गरिएको थियो।
वडा समिति पनि घोषणा
सोही कार्यक्रममा Zen-Z का जिल्ला संयोजक भास्कर कुमार झाको नेतृत्वमा औरही नगरपालिकाका विभिन्न वडास्तरीय समितिहरूको पनि गठन गरिएको छ। गठन भएका वडास्तरीय नेतृत्व यसप्रकार छन्:
- वडा नं. १: अध्यक्ष – गोवर्धन यादव
- वडा नं. २: अध्यक्ष – अभय यादव
- वडा नं. ४: अध्यक्ष – विवेकानन्द पण्डित
- वडा नं. ५: अध्यक्ष – राजु यादव
- वडा नं. ६: अध्यक्ष – नगेन्द्र दास
- वडा नं. ७: अध्यक्ष – राम आश्रय यादव
- वडा नं. ८: अध्यक्ष – सुजिप दास
- वडा नं. ९: अध्यक्ष – लालिन्द्र साह
बैठकमा गोली प्रहारबाट घाइते भएकै अवस्था रहेका सञ्जित यादवलाई नगर अध्यक्षको जिम्मेवारी प्रदान गरिएको विषयले पनि सहभागीहरूबीच विशेष चर्चा पाएको थियो।











