वडा सीमांकन विवादले मेला भडकियो, घाइते अस्पताल भर्ना


बारा, परवानीपुर – अनुराग कुमार यादव। परवानीपुर गाउँपालिका-२ रामपुर टोकनी हिरीती चौकमा लागिरहेको महावीरी झण्डा मेलामा आर्केस्ट्रा कार्यक्रमको दौरान वादविवादपछि झडप भएको छ। सो क्रममा दुई पक्षबीच हाताहातसमेत हुँदा तीन-चार जना घाइते भएका छन्।

स्थानीयका अनुसार वडा नं-२ का वडाध्यक्ष मोहम्मद नुरुलहोदा अन्सारी (देवा मिया) ले वडा नं-१ को क्षेत्रमा कुनै सहमति तथा समन्वय बिना मेला आयोजना गरेपछि वडा नं-१ का बासिन्दाले आपत्ति जनाएको थिए। यही विषयलाई लिएर वादविवाद चर्किँदै गएपछि झडप भएको बताइन्छ।

झडपमा घाइते भएका व्यक्तिहरूको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

त्यहाँका बासिन्दाले वडाध्यक्ष अन्सारीमाथि एकल निर्णय र ‘दादागिरी’ गर्दै मेला सञ्चालन गरेको आरोपसमेत लगाएका छन्।

घटना पश्चात् स्थानीयवासी र सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा ल्याएको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको