काठमाडौं। अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिन लागेकी छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतलनिवासमा कार्कीलाई प्रधानमन्त्री पदको शपथ गराउने छन्।
पोखरेलले अनलाइनखबरसँग भने, “पहिले राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीलाई नियुक्त गर्नुहुन्छ। त्यसपछि प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढाउनुहुन्छ।”











