वीरगन्जमा गोली प्रहार, एक महिला गम्भीर घाइते


वीरगन्ज : वीरगन्जमा सोमबार दिउँसो गोली प्रहार भएको छ। वीरगन्ज–१६ स्थित रजत जयन्ती चोकको एक खाजा होटलमा भारतको झारखण्डका ३० वर्षीय प्रदीप शर्माले बिहारको बेतियाकी २८ वर्षीया निशा कुमारी सहनीलाई गोली हानेका हुन्।

बायाँ गालामा गोली लागेर गम्भीर घाइते भएकी निशाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

घटनापछि भाग्दै गरेका शर्मालाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बताए। उनको साथबाट कटुवा पेस्तलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शर्मा र सहनीबीचको विवादका कारण गोली प्रहार भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको