वीरगञ्जमा किरण साह पक्राउ, स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना


वीरगञ्ज — खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा बोलेको आरोपमा वीरगञ्जकी किरण साहलाई प्रहरीले पक्राउ गरेको छ। उनी अहिले प्रहरी हिरासतमा छन् भने स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ।

साहका अनुसार उनले मन्त्री यादवलाई आफ्ना अभिभावकको रूपमा सम्झेर परिवारमा फैलिएको हैजा र छोरीको गम्भीर स्वास्थ्य समस्याबारे सहयोग माग्दै फोन गरेकी थिइन्। तर सोही फोनकै कारण आफूलाई हिरासतमा पुर्‍याइएको भन्दै उनले पावरको दुरुपयोग भएको आरोप लगाएकी छन्।

प्रहरीका अनुसार साहविरुद्ध विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाउने गरी तीन मुद्दा दर्ता गरिएको छ।

घटनाले सरकारी अधिकारी र नागरिकबीचको सम्बन्ध, अभिव्यक्ति स्वतन्त्रता तथा कानुनी प्रक्रियाबारे व्यापक बहस सुरु भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको