ईलाका प्रशासन कार्यालय प्रसौनीकै संरक्षणमा मुसहर्वा नाकाबाट तस्करी मौलायो


१८ भदौ, बारा –

बारा जिल्लाको मुसहर्वा नाकाहुँदै नौतन गण्डक भएर दैनिक करोडौं मूल्यका मालसामान तस्करी हुने गरेको छ। सो क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार मुसहर्वा नाका हुँदै गण्डक नहर र बाराको क्षेत्र नं – ४ का विभिन्न गाउँका सडकमार्ग प्रयोग गरेर तस्करी धमाधम भइरहेको छ।

पोके तस्करमार्फत साइकल, मोटरसाइकल, पिकअप भ्यान र ट्र्याक्टरसम्म सजिलै पास हुने गरी तस्करी भइरहेको स्थानीयहरूले बताएका छन्। मुसहर्वा नाकामा खटिएका जनपद प्रहरी, सशस्त्र प्रहरी तथा इलाका प्रहरी कार्यालय प्रसौनीसमेत आर्थिक प्रलोभनमा परेर तस्कर समूहसँग मिलेमतो गरेको स्रोतले जनाएको छ।

सीमावर्ती क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा युनिटलाई ‘सेटिङ’ गरेर धान, चिनी, कपडा, हरियो केराउ, काजु, माछालगायतका सामान दैनिक करोडौं मूल्य बराबर तस्करी हुने गरेको छ।

तस्करीमार्फत भित्रिएका सामान बारा र पर्साका स्थानीय बजारमै खपत हुने गरेका छन्। त्यस्तै, ती मालसामानहरू ढुवानी गरेर वीरगन्ज, जितपुरलगायतका शहरमा समेत पुर्‍याइने गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको