लहानमा आमा – छोरा मृत फेला, एक शिशु अचेत अवस्थामा उद्धार


सिरहा। लहान नगरपालिका – १ मटियर्वामा एकै परिवारका आमा र छोरा मृत अवस्थामा फेला परेका छन् भने अर्का नौ महिनाका शिशु अचेत अवस्थामा भेटिएका छन्।

लहान नगरपालिका – १२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन्। रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा अचेत अवस्थामा भेटिएपछि उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफैंले आत्महत्या गरेको आशंका गरिएको छ। उहाँले भन्नुभयो, “शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ। तर थप अनुसन्धानपछि मात्र यथार्थ पुष्टि हुनेछ।”

स्थानीयका अनुसार केही दिनदेखि घरमा चहलपहल नदेखिएपछि खुला झ्यालबाट हेर्दा रञ्जिता झुन्डिएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। मृतक रञ्जिताका श्रीमान् प्रवीण चौधरी पछिल्ला तीन – चार दिनदेखि डेरामा नदेखिएको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

लहान – १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरा बस्दै आएका थिए। प्रवीण दैनिक मजदुरी गर्ने गर्थे।

प्रहरीको भनाइ अनुसार शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि नै घटेको हुनसक्ने अनुमान गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको