सिन्धुली। कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको घटनास्थलमै ज्यान गएको हो।
मोटरसाइकलमा सवार भारत मोतिहारीका १८ वर्षीय सागर आलम गम्भीर घाइते भएका छन्। उनको उपचार सिन्धुली अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।











