करहरवामा गणेश पूजामा भव्य मटकाफोर कार्यक्रम सम्पन्न


११ भदौ, सिरहा।

सिरहा जिल्ला औरही गाउँपालिका – ३ करहरवामा गणेश पूजाको अवसर पारेर भव्य मेला तथा मटाफोर कार्यक्रम सम्पन्न भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रममा आसपासका गाउँहरूबाट ठूलो संख्यामा दर्शकको उपस्थिति रह्यो।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको मटाफोर प्रतियोगितामा औरही गाउँपालिका – १ स्थित कुन्डलपुरका युवाहरूको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। विजेता टोलीलाई प्रथम पुरस्कार करहरवाका समाजसेवी तथा स्वर्गीय राजबंसी यादवका सुपुत्र राकेश कुमार यादवले वितरण गर्नुभयो।

स्थानीय बासिन्दाहरूको सक्रिय सहयोग र सहभागितामा सम्पन्न मेलाले सामाजिक एकता, मेलमिलाप र सांस्कृतिक पहिचानको संरक्षणमा टेवा पुगेको आयोजक समितिले जनाएको छ। साथै, यस किसिमका कार्यक्रमहरूले गाउँमा सामाजिक उत्साह जगाउनुका साथै युवाहरूलाई सकारात्मक बाटोतर्फ प्रेरित गर्ने विश्वास आयोजक र स्थानीयवासीहरूले व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको