धनुषामा अवैध देहव्यापारको आरोपमा ७ जना पक्राउ


धनुषाको गणेशमानचारनाथ नगरपालिका–७ मा अवैध देहव्यापारमा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले सोमबार साँझ करिब ६ बजे दुई होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, मानव होटलमा गरिएको छापामा ३ जना महिला, ३ जना पुरुष र होटल सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन्। यस्तै, गोदावरी होटलमा छापा मार्दा १ महिला र १ पुरुष (सिरहा, कर्जन्हा नगरपालिका–३ बन्दीपुर खैराटोलका मनोज कुमार महतो) पक्राउ परेका छन्। सो होटलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ। साथै, फरार होटल सञ्चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले हालैका दिनमा विशेषगरी ढल्केबर आसपासका होटल तथा लजमा अवैध देहव्यापार नियन्त्रण गर्न निगरानी कडाइ गरेको जनाएको छ।

नेपालमा देहव्यापार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु गैरकानुनी मानिन्छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ अनुसार जबरजस्ती वा प्रलोभन देखाई देहव्यापारमा संलग्न गराउने, सुविधा उपलब्ध गराउने वा स्वयं संलग्न हुने अपराध मानिन्छ। यसमा दोषी ठहरिएकालाई १ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना सजाय तोकिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको