रौतहटमा कृष्ण जन्माष्टमी मेलामा झडप, पाँच जना घाइते


३१  साउन, रौतहट — कृष्ण जन्माष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिका–९, धरहरीमा शनिबार झडप भएको छ।

धरहरी गाउँमा आयोजित मेलाको उद्घाटन समारोहमा रिबन काट्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि झडप भएको हो। सो क्रममा जनप्रतिनिधि र सुरक्षाकर्मी समेत पाँच जना घाइते भएको प्रहरीको भनाइ छ।

घाइते हुनेमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव, धनसुन्दर ठाकुर, स्थानीयवासी श्याम विनय साह र राम विकास साह रहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न धरहरीका ४० वर्षीय राधामोहन साह, ३५ वर्षीय विनोद साह र २२ वर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ।

घाइते मेयर साहसहितलाई गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको