बर्दिवासमा अवैध भारतीय केराउसहित ट्रक नियन्त्रणमा


६ साउन, बर्दिवास, महोत्तरी ।

अवैध रूपमा ल्याइएका भारतीय केराउसहित एक ट्रक बर्दिवासमा नियन्त्रणमा लिइएको छ। मिति २०८२ साउन ५ गते राति करिब ९:३० बजे ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले बर्दिवास नगरपालिका–३, काँटा नजिक चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक विश्वबाबु बुढाथोकीको कमाण्डमा खटिएको सूचना संकलन टोलीले म.प्र.०२–००१ ख ०२१८ नम्बरको ट्रक जाँच गर्दा विलमा उल्लेख भएको भन्दा फरक सामग्री फेला परेको हो। ट्रकबाट भारतबाट तस्करी गरी ल्याइएको आशंकामा ३० किलो तौलका ५० बोरा केराउ फेला पारिएको छ। केराउको बजार मूल्य अनुमानित रु. १,५०,००० रहेको प्रहरीले जनाएको छ।

साथै उक्त ट्रकको अनुमानित मूल्य रु. १५,००,००० रहेको र केराउसहित कुल रु. १६,५०,००० बराबरको मालसामान नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख विकास बमले जानकारी दिएको छ। ट्रक चालकसहित नियन्त्रणमा लिइएको ट्रक र सामान सम्बन्धित निकायमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुखले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको