१४ असार, सप्तरी — जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा संसद्का नेता डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ अन्तर्गत प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको विभिन्न संरचनाको आज अनुगमन गर्नुभएको छ।

राजविराज नगरपालिका–९ मा निर्माणाधीन वातारणमैत्री पार्क, बुद्ध ध्यान केन्द्र, ओशो आश्रम तथा पावर डिप बोरिङ स्थलको स्थलगत निरीक्षण गर्दै डा. राउतले तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो।
सो अवसरमा जनमत पार्टी मधेश प्रदेश संसदिय दलका नेता महेश प्रसाद यादव, पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामगमन साह लगायत स्थानीय नेताहरू, संचारकर्मीहरू र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।
डा. राउतले जनताको करबाट सञ्चालित सार्वजनिक संरचनाहरूमा अनावश्यक ढिलाइ र गुणस्तरमा सम्झौता नहुने स्पष्ट सन्देश दिनुभएको छ।











