१० असार, जनकपुरधाम — मिथलेश महतो
मधेश प्रदेश सरकार अन्तर्गत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डा. सुधीर अग्रवाललाई मुख्यमन्त्री निजि क्षेत्र समिति सदस्यमा मनोनयन गरेको छ।
२०८१/०८२ नम्बरको पत्रमार्फत प्रमुख सचिवको हस्ताक्षरसहित पठाइएको सूचनामा भनिएको छ, “तपाईंलाई मुख्यमन्त्रीसंग निजि क्षेत्रको समितिमा सदस्यमा मनोनयन गरिएको व्यहोरा अनुरोध छ।” साथै, सदस्यमा मनोनयन भएकोमा शुभकामना पनि व्यक्त गरिएको छ।

डा. सुधीर अग्रवाल वस्तुगत संघको प्रतिनिधि समेत रहेका छन्। निजि क्षेत्रका विषयहरूमा उनको अनुभवलाई ध्यानमा राख्दै उहालाई समितिमा समावेश गरिएको बताइएको छ।











