१० असार , मिथलेश महतो , जनकपुरधाम ।
यामाहा नेपालले आयोजना गर्ने बहुप्रतिक्षित “यामाहा Blue-Fest एक्सचेन्ज मेला” जनकपुरको रङ्गभूमि मैदान, बाह्रबिघामा आगामी आषाढ ११ गतेदेखि १७ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ।
नेपालकै ठूलो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज कार्यक्रममध्ये एक मानिने यो इभेन्टले बाइक तथा स्कुटर प्रेमीहरूका लागि विभिन्न विशेष अफरहरू र फाइनान्स सुविधाहरू सहित रोमाञ्चक सप्ताह प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
मेलाको मुख्य विशेषताहरू यसप्रकार छन्:
कुनै पनि ब्रान्डको, जस्तोसुकै अवस्थाको बाइक एक्सचेन्ज गर्न सकिने
यामाहाको पुरानो बाइकमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन
अन्य ब्रान्डका बाइकमा न्यूनतम रु. २५,००० मूल्याङ्कन
एक्सचेन्जमा रु. १०,००० बोनस थपिने
बिना ग्यारेन्टर ७.९९% मा फाइनान्स सुविधा उपलब्ध
२ वर्षको सवारी कर अग्रिम भुक्तानी
प्रत्येक बिक्रीमा निःशुल्क एक्सेसोरी वितरण
कार्यक्रममा एक्सचेन्ज र फाइनान्स सेवा मात्र नभई ग्राहकलाई यामाहाको नवीनतम मोडलहरूबारे अवलोकन गराउने, प्रत्यक्ष अनुभव गराउने र स्टाइल तथा परफर्मेन्स प्रदर्शन गर्ने व्यवस्था पनि गरिएको छ।
यामाहाको उत्पादन रेन्जले दैनिक यात्रुहरूदेखि रेसिङ र अफ-रोड प्रेमीहरूसम्मलाई लक्षित गरेको छ। ARAI प्रमाणित ७१.३३ किमी प्रतिलिटर माइलेज दिने Yamaha RayZR 125cc Hybrid, स्पोर्टी R15 V4, MT-15 V2, FZ V3 श्रृंखला, Aerox 155 स्कूटर तथा बलियो अफ-रोड बाइक WR155R मा ग्राहकले रोजाइ गर्न सक्नेछन्।
एमएडब्लू राइड्स अन्तर्गत सञ्चालनमा रहेको यामाहा ब्रान्ड नेपालभर विश्वसनीयता, प्रविधि र उत्कृष्ट सेवाको मानक स्थापित गर्न सफल भएको छ।
जनकपुर र आसपासका क्षेत्रका ग्राहकलाई बाइक/स्कूटर साट्ने, नयाँ अपग्रेड गर्ने र उत्सव सँगसँगै अनुभव लिने दुर्लभ अवसर प्रदान गर्न यो मेला आयोजित गरिएको हो।
“यामाहा Blue-Fest एक्सचेन्ज मेला” मा परिवार र साथीहरूसँग सहभागी भई एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र उत्सवको अनुभव लिन सबैलाई आयोजकले निमन्त्रणा गरेको छ।











