नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न विदेशी साझेदारसँग रणनीतिक साझेदारी गरिने


१५ जेठ ,काठमाडौं– नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न सार्वजनिक कम्पनी बनाउने र विदेशी रणनीतिक साझेदारसँग साझेदारी गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आज संसदमा बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपाल वायुसेवा निगमको व्यवस्थापन तथा सञ्चालनमा रणनीतिक साझेदारको सहभागिता गराइने उल्लेख गरेको थियो ।

साथै, पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल वायुसेवा निगमको व्यवस्थापनको लागि रणनीतिक विदेशी साझेदार भित्र्याउने सुझाव दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको