बर्दिबासमा भालुको आक्रमण, एक जना गम्भीर घाइते


२२ चैत, महोत्तरी – बर्दिबास नगरपालिका–३ निवासी ५१ वर्षीय बिष्णु बहादुर दुलाल भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार, दहाल शुक्रबार बिहान ८ बजे घाँस काट्न धनुषा जिल्लाको मिथिला नगरपालिका–११ स्थित खोलामा पुगेका बेला अचानक भालुले आक्रमण गरेको थियो।

घटनामा दहालको दायाँ आँखा गम्भीर रूपमा क्षतिग्रस्त भएको छ भने उनको शरीरभरि गहिरा घाउहरू छन्। उनलाई तत्काल बर्दिबासस्थित जनसेवा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। अवस्था गम्भीर भएकाले थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरिएको छ।

स्थानीयवासीहरूले वन्यजन्तु आक्रमण बढ्दै गएकाले प्रशासन र सम्बन्धित निकायलाई आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको