२७ माघ, रिभान्स मण्डल । बर्दिवास नगरपालिकामा आईतवार भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बर्दिवास बाट भंगहा जादै गरेको मधेश प्रदेश ०३ ००१ ज ०५५४ नम्बरको ‘विंगर मिनीबस’ले भंगहा बाट घर प्रेमनगर आउदै गरेको ईलेक्ट्रक साईकललाई ठोक्कर दिदाँ साईकल चालक बर्दिवास नगरपालिका वडा नं.७ प्रेमनगर बस्ने वर्ष अं.६५ को देवेन्द्र साह सोनारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
साहको प्रथमिक उपचार धनुषा स्थित लालगढ मोडेल अस्पताल भएको थियो । थप उपचारका लागि काठमाडौं लादै गर्दा बाटैमा मृत्यु भएको हो । दुर्घटना विहान १० बजे भएको थियो । दुर्घटना भएको स्थान र दुर्घटना बारे थाप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बर्दिवाका प्रहरी निरीक्षक अशोक यादबले जानकारी दिएका हुन ।
यो ‘विंगर मिनीबस महोत्तरीको भंगहा नगरपालिका वाट काठमाडौं जाने रुटको हरेको छ । अहिले चालक र गाडी प्रहरको नियन्त्रनमा रहको प्रहरीले बताएको छ ।











