साउन २ । रुपन्देहीका ५ नगरपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व मोहरमका अवसरमा रोहिणी गाउँपालिकासहित लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएको छ ।
बिदाको दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक तथा आवश्यक सेवा बाहेक) लाई बिदा दिइएको अध्यक्ष यादवले जानकारी दिए ।
मुस्लिम धार्मिक हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यस पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ । कान्तिपुर










