रूकुम पश्चिममा बाढीले घर भत्किँदा तीन बालिकाको मृत्यु


सुर्खेत, साउन १ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढीले बगाएर तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए ।

मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्की रहेका छन् ।

सोही बाढीमा ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिए । उनका अनुसार बाढीमा परी ७ जना घाइते भएका छन् ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेलले वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको